सबैलाई पठाउनु होला

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतको बनारस पुगेका  छन्। एयर इण्डियाका जहाजबाट आइतबार बिहान प्रधानमन्त्री देउवासहितको नेपाली टोली बनारस पुगेको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई  स्वागत गरेका छन्। बनारस रहँदा  प्रधानमन्त्री देउवाले विभिन्न मठमन्दिरहरुको  अवलोकन तथा  दर्शन गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गत शुक्रबार प्रधानमन्त्री देउवासहितको ५० सदस्यी प्रतिनिधिमण्डल नयाँ दिल्ली प्रस्थान गरेको थियो।

शनिबार अपरान्ह दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। सोही क्रममा नेपाल -भारतबीच द्विपक्षीय वार्ता भएको थियो। सो अवसरमा नेपाल-भारतबीच विभिन्न विषयमा हस्ताक्षर भएको थियो। आजै प्रधानमन्त्री देउवा दिल्ली फर्किएर अपरान्ह ४:१५ बजेको उडानबाट काठमाडौं प्रस्थान गर्ने तालिका  रहेको  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com