प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा शनिवार उनी र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले जयनगर-कुर्था रेलसेवाको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।
भारतले रेलमार्ग निर्माण गरिदिएपछि नेपालले आफ्नै खर्चमा दुईवटा रेल किनेर ल्याएको करिब डेढ वर्षपछि बल्ल उक्त सेवाको उद्घाटन भएको हो।
जयनगर-कुर्था रेलसेवाले भारतको विहार र नेपालको धनुषा जिल्लालाई जोड्नेछ।
उक्त खण्ड भारतीय सहयोगमा निर्माणाधीन जयनगर-जनकपुर-बर्दिवास ६९ किलोमिटर रेलमार्गको खण्ड हो।

