सबैलाई पठाउनु होला

दाङ –  प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले  ६५औं सहकारी दिवसको अवसरमा आइतबार राप्ती गाउँपालिकाको मौरीघाटस्थित कार्यालयको उट्घाटन  गरेका हुन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ ।

प्रदेश स्तरीय सहकारी संस्थाको दर्ता, अनुगमन, नियमनलगायतका सबै कार्य गर्न कार्यालय स्थापना गरिएको लुम्बिनी प्रदेश सरकारको भनाइ रहेको छ । यसअघि आर्थिक मामिला तथा सहकारी मन्त्रालयले नै सहकारी दर्ता लगायतको काम गर्दै आएको थियो ।

अब भने प्रदेशभरकै सहकारी सम्बन्धी सबै कामहरु सोही कार्यालयबाटै हुनेछ । कार्यालय उट्घाटनमा बोल्दै मन्त्री खड्काले मुलुक संघीयतामा गएसंगै सहकारी पनि तीन तहको सरकारको मातहतमा पुगेको बताए ।

उनले लुम्बिनी प्रदेशभरका सहकारी संस्थाहरुलाई थप व्यवस्थित बनाउने बताए । सहकारीमा अनुगमन र नियमनको पाटोलाई बलियो बनाउँदै सहकारी संस्थाहरुलाई थप पारदर्शी बनाउने उनले विश्वास व्यक्त गरेका छन् ।  मन्त्री खड्काले अनुगमन  र  नियमनको पाटोलाई   प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएको  बताएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणकी राज्यमन्त्री विमलाकुमारी खत्रीले प्रदेश स्तरीय सहकारी दर्ता कार्यालय खुलेसंगै यसले प्रदेश भरिका जनतालाई सहकारी सञ्चालन गर्न सहज हुने  बताएकी छिन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com