सबैलाई पठाउनु होला

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् । आइतबार बिहान धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष नेपालले उक्त कुरा बताएका  थिय ।

पत्रकारहरुले माओवादी ,समाजवादी र एमालेलाई मिलाउन चीनले प्रयास गरिरहेको कुरा आइरहेको भन्दै जिज्ञासा राख्दा अध्यक्ष नेपालले एकताको सम्भावना नै नरहेको बताए । उनले भने  , ‘एमालेसँग एकताको कुनै सम्भावना छैन ‘।

उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै ‘दिमाग खुस्केको मान्छे’ भएको आरोप पनि लगाएका छन्  । ‘दिमाग खुस्केको जस्तो जे पायो त्यही बोलिराख्या छ, बकबक गरिराख्या छ, त्यो बाहेक अरु केही  छैन,’ उनले भने, ‘हामी सुसंस्कार दिन्छौं, उत्प्रेरित गर्छौ ।’

उनले पाँच दलबीच तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको र जनविरोधी शक्तिहरु छट्पटाउन थालेको बताएका छन्  । वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर चुनावमा जाने सहमति भएपछि जनविरोधीहरूको मुख चाउरिएको र निन्द्रा हराम भएको उनको भनाइ रहेको  थियो । ‘हात्ती हिँड्दै गर्छ, भुक्नेहरु  पछाडी बसेर भुक्तै गर्छन्,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com