सबैलाई पठाउनु होला
 सुर्खेत – प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब रु ६४ अर्ब पुगेको जानकारी दिएका छन् ।

उनले २०३२ सालमा रु एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा रु ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको बताए ।

राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक सम्मेलन’ उद्घाटन गर्दै प्रधानसेनापति शर्माले भूपूसैनिक तथा बहालवालाको जीवन स्तर उकास्न इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा अघि बढाइएको सहुलियत कर्जा कार्यक्रमबाट हालसम्म ३१ हजार ५०० भन्दा बढी हिताधिकारीसमेत लाभान्वित भएको उल्लेख गरे ।

कल्याणकारी बोर्डको समन्वयमा हिताधिकारीका लागि बैंकले लघुवित्त कार्यक्रममा हालसम्म करिब रु छ अर्ब ७५ करोड कर्जा प्रवाह गरिसकेको छ । कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, सीप, सहुलियतजस्ता कार्यक्रममार्फत जीवनस्तर उकास्ने कार्यक्रमलाई सेनाले जोड दिँदै आएको छ ।

प्रधानसेनापति शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपूलाई समाजलाई दिएको योगदान खेर नजाने भएकाले सङ्गठनको ओज र गरिमा अभिवृद्धि गर्ने ढङ्गबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव दिए ।

सम्मेलनमा ज्येष्ठ भूपूसैनक तथा एकल महिलालाई सम्मान, अशक्त तथा फरक क्षमता भएकालाई ह्विल चियर, लघुउद्यम व्यवसायीलाई प्रशंसापत्र र पुरस्कार वितरण तथा चारभन्दा बढी सन्तानलाई सेनामा पठाउने मातापितालाई सम्मान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com