सबैलाई पठाउनु होला

काठमाडौं –  बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर  भर्ने आज अन्तिम दिन हो । गत १६ चैतदेखि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको थियो ।

आज सोमबारसम्म आईपीओका लागि आवेदन दिन सकिनेछ । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको छ ।

निष्काशन गरिएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com