सबैलाई पठाउनु होला

काठमाडौं फेरि विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । सोमबार बिहान पौने ८ बजेको समयमा काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित शहर रहेको आईक्यूएयरडटकमले जनाएको छ ।

अहिले काठमाडौं शहरको एयर क्वालिटी इन्डेक्स २७८ रहेको छ । यसअघि पनि तीन पटक काठमाडौं सर्वाधिक प्रदूषित शहर भइसकेको छ ।

चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ । आइतबार मात्रै नेपालमा ७ सय भन्दा बढी जंगलमा डढेलो लागेको छ ।

हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com