तिमी मुग्लान पस्दै गर्दा बुढी भएकी तिम्री आमा रहन्छिन् रहँदिनन् यसैगरी मैलो चोली लाएर फेरि तिम्रो बिदाइ गर्न आउँछिन् आउँदिनन् तिम्रा छोरा हजुरआमाको आँसु पुछ्न पछ्यौरी लिएर आउँछन् आउँदैनन् एकैछिन अघि ‘बा’लाई खुसीले बिदाइका हातहरू हल्लाउने कलिला तिम्रा छोराका हातले हजुरआमासँगै निरास भएर घुप्टो मुन्टो लगाउलान् नलगाउलान् ।
तिमी भने मुटुमाथि ढुंगा राखेर आफ्नो यात्रा गरिरहनू देशमै बसी पसिना बगाउने सौभाग्य गुमाउँदै पसिनासँग डलर साट्न सुदूर क्षितिज मुग्लान पसिराख्नू तिमी सधैँ बाचिरहनू, हाँसिरहनू गाउँको माया मुटुभरि साँचिरहनू तिमी आउँदासम्म तिम्री आमा सकुशल रहिरहून्।

