सबैलाई पठाउनु होला

काठमाडौं – नेप्लीज फेसन होमको आयोजनामा हुँदै आएको मिस नेवाः नेपालको ग्रान्ड फिनाले आगामी वैशाख १८ गते हुने भएको छ । मिस नेवाःको १६औं संस्करण काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने  भएको छ ।

नेवार समुदायका सुन्दरीबीचको प्रतिस्पर्धामा विजेता बज्राचार्य,  लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन,  शिला प्रजापति, सलिना महर्जन, विशेषता मानन्धर र नेहा मालीले प्रतिस्पर्धा  गर्ने भएका छन् ।

साथै, कृतिका दुवाल,  स्वेच्छा महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, एभ्रिल महर्जन, सिर्जुला महर्जन, आस्था श्रेष्ठ,  सविना बज्राचार्य, दीया महर्जन र रेविका महर्जन पनि प्रतिस्पर्धामा  रहेका छन् ।

नेवार समुदायको कला, संस्कार,  संस्कृति र  भाषा  नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले डेढ दशकदेखि यो प्रतियोगिता हुँदै आएको मानन्धरले  जनाएकी छिन  ।

मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले यो प्रतियोगिता सांस्कृतिक सौन्दर्य प्रतियोगिता भएकाले नेवारी संस्कृति, संस्कारदेखि जात्रा, पर्व, लवाइखवाइका बारेमा नयाँ पिंढीलाई ज्ञान प्रदान गरिने उत्कृष्ट थलोका रूपमा आफूले पाएको  बताएकी छिन  । विजेताले एक लाख रुपैयाँसहित ताज प्राप्त गर्ने नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले  बताएकी छिन  ।

फस्ट र सेकेन्ड रनरअपले क्रमशः ५० र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, १६ अन्य विधाका विजेता पनि छानिने भएको छ । प्रतियोगिताका सहभागीलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले  भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com