सबैलाई पठाउनु होला

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । चार दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले भने आफ्नो दावी प्रस्तुत गर्न थालेका छन्। गठबन्धन भयो भने पालुङ्गटार नगरपालिका मेयरमा जनता समाजवादी पार्टी(जसपा)ले पाउने चर्चासंगै आकांक्षीहरुले दावी प्रस्तुत गर्न थालेका हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा पालुङ्गटारमा नेपाली कांग्रेसका उम्मेद्वार दिपक बाबु कँडेल बिजयी भएका थिए भने उप-मेयरमा पम्फा बसेल माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् ।

लामो समयदेखि शिक्षकको भूमिकामा बाधिएका प्रेम गुरुङ यतिबेला सरकारी जागिर छाडेर समाज रुपान्तरणको लागि आफ्नो भविष्य नै दाउमा राखेर राजनीति गर्न पालुङ्टारको मैदानमा उत्रेका छन् । गुरुङले श्री भवानी माध्यमिक विद्यालयमा अध्यापन गराउने गर्थे । उनले त्यस विद्यालयमा एउटा कुशल शिक्षकको छाप छोडेका छन् भने भवानी मा बि लाई निजि बिद्यालय सरह गुणस्तरीय बनाउने प्रमुख भुमिका प्रेम गुरुङको नै रहेको स्थानीय अभिभावक, समुदाय र बिद्यार्थीहरु बताउँछन् ।

शिक्षक पेसा सँगै गुरुङ समाजिक सेवामा पनि उतिकै कुशल भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

बौद्ध हिमाल क्लबको संस्थापक अध्यक्ष पनि हुन् । यो क्लबले विभिन्न सचेतना कार्यक्रम लगायर युवावर्गहरुमा खेलकुद लगायत अन्य थुप्रै सिर्जनात्मक कार्यहरुको आयोजना गर्दै आइरहेको छ ।
पालुङ्टारको जुनसुकै दु:खद् घडीमा पनि गुरुङ उपस्थित हुन्छन् । २०७२ साल भूकम्पको दिएको धक्काले पालुङ्टार बासीको घाऊँमा मलमपट्टि लगाउन गुरुङले महत्वपूर्ण भूमिका खेले ।
कोभिडले गर्दा सामन्य मानिसको जनजीवन उथलपुथल हुँदा गुरुङले विभिन्न अभियानहरु चलाएर मानिसहरुको जीवनमा सहजीकरण गर्ने काम गरे । उनी आफैंमा एक सामजिक अभियन्ता पनि हुन् । उनी जनचेतना फैलाउने कामहरुमा निकै अग्रसर पनि छन् ।

पालुङ्टारको बुद्धिजीवीको वर्गमा गुरुङको नाम अगाडि आउँने गर्छ । उनी यतिबेला सम्पूर्ण रुपमा राजनीतिमा होमिएका छन् । उनी समाजिक रुपान्तरणको निम्ति आफ्नो जिन्दगीको अमुल्य समय खर्चिएका छन् । शिक्षक सेवा आयोग पास गरेर सरकारी शिक्षक भएका उनी यतिबेला सबै त्यागेर समाजको लागि केही गर्नुपर्छ भन्ने सोचमा अघि बढेका छन् । हाल उनी अखिल नेपाल फूटबल संघ गण्डकी प्रदेशका सह महासचिव , गोर्खाका सल्लाहकार , तमु छोझ धि जिल्ला कार्य समिती सदस्य ,भवानी मा वि ब्यबस्थापन समितिका अध्यक्ष , बौद्द हिमाल युबा क्लबका सल्लाहकार, आदिवासी जनजाति महासंघ पालुङटार का साथै शिक्षक समाज नेपालको केन्द्रीय सदस्यको भुमिकामा सक्रिय रहेका छन।

गुरुङको जित्ने सम्भावना कति ?
पालुङ्टारमा डा. बाबुराम भट्टराईको राम्रो छाप छ । त्यसैले गर्दा पनि जसपालाई केही सहज पक्कै छ । गठबन्धनले गर्दा झन् जित्ने संभावना निकै तीव्र छ ।
गठबन्धन र डा. बाबुराम भट्टराईको साथ नभएपनि गुरुङ आफ्नै क्षमतामा यो स्थानीय निर्वाचन जित्ने पालुङ्टारका जनताको भनाइ छ ।

गुरुङको समाज प्रतिको लगाव, समाजसेवाको आधर र शिक्षामा गरेको योगदानले नै पालुङ्टार बासीले यसपटक गुरुङलाई जिताउन सक्ने त्यहाँको अग्रज नेताहरुको भनाई छ ।
लामो समयदेखि समाज र राजनीतिलाई अध्ययन र विश्लेषण गरिरहेका गुरुङ यतिबेला गाउँगाउँ बस्तिबस्तिमा गएर जनताको दु:खसुख बुझ्दै छन् । दिगो भिजन बोकेर पालुङ्टारलाई समृद्धि बनाउन उनी तल्लीन छन् । पार्टी प्रवेश कार्यक्रम पनि निकै तीव्र तरिकाले अघि बढाएका छन् । जनता समाजबादी पार्टीको मात्र नभएर आम जनताको साझा उमेदवारको रुपमा चर्चामा रहेका प्रेम गुरुङले पालुङ्टार नगरपालिकाको मेयर आफ्नो हात पार्ने बिस्वास पालुङ्टारबासीमा रहेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com