सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा नेकपा एमाले खनाल–नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।
विद्यार्थीहरुले बबरमहलस्थित नेपाल नेपाल आयल निगमको कार्यालयअगाडि प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।
निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २–२ रुपैयाँ बढाएको छ । नयाँ खुद्रा बिक्री मूल्य क्रमशस् पेट्रोल १ सय २० र डिजेल–मटितेल १०३–१०३ रुपैयाँ कायम भएको छ ।

