सबैलाई पठाउनु होला

काठमाडौँ  –    प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइतबार दिल्लीबाट काठमाडौं फर्किने क्रममा पत्रकार धमलाले वायुयान तथा हवाई यातायातको शुरक्षामा असर पर्ने गरी अमर्यादित क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकाले घटनाकोल जानकारीसहित यथार्थ विवरण पेस गर्न बुधबार निगमका कार्यकारी अधिकृत युवराज अधिकारीलाई पत्र पठाए ।

‘३ दिने भारत भम्रण सम्पन्न गरी निगमको विमानमा स्वदेश फिर्ति गर्ने क्रममा प्रधानमन्त्रीज्यू सवार विमानभित्र वायुयान तथा हवाई यातायातको सुरक्षामा असर पर्ने गरी केही अवाञ्छित क्रियाकलापसँग सम्बन्धित अडियो/भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको देखिएकाले सो सम्बन्धमा के भएको हो ? घटनाको यथार्थ विवरणसहितको जानकारी प्राधिकरणमा यथाशिघ्र पेस गर्नु,’ प्राधिकरणले लेखेको पत्रमा उल्लेख छ ।

भीभीआईपी उडानमा आफूलाई अपरेसन विभाग प्रमुख क्याप्टेन रवीन्द्रकुमार शेरचन र कार्यकारी अध्यक्षले प्रधानमन्त्री रहेको बिजनेस श्रेणीतर्फको सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिँदै ‘कुनै पनि हालतमा कसैलाई बिजनेस श्रेणीमा जान नदिन’ भनिएको तर सञ्चारकर्मी धमलाले ‘पत्रकारको हैसियत’ को दुरुपयोग गरेको जनाए  । यसैबीच उक्त उडानकी प्रमुख एयरहोस्टेसले पनि बुधबार निगमको कार्यकारी अध्यक्ष मातहत रहने कर्पोरेट सेफ्टी र क्याबिन क्रू डिभिजन प्रमुखलाई पत्रकार धमलाले कर्मचारीहरुलाई दुर्व्यवहार गरेको लिखित जानकारी दर्ता गराएकी छन् ।

उनले त्यहाँ पत्रकार धमलाले  कर्मचारीलाई दुर्व्यवहार गरेको, चर्को स्वरमा बोलेको, काममा बाधा पुर्‍याएको  र धकेलेको  उल्लेख गरेकी छन् । उनले क्याबिन क्रूको कर्तव्य पालनामा धमलाले गरेको अनुपयुक्त क्रियाकलापले चालकदलका सदस्यको मात्र नभई निगमकै प्रतिष्ठामा पनि असर परेको उल्लेख गरेकी छन् ।

यसैबीच नेपालका घरेलु वायुसेवाहरुको संस्था वायुसेवा सञ्चालक संघले पनि बुधबार विज्ञप्तिमार्फत भीभीइआईपी उडान सुरक्षा प्रोटोकलको उल्लंघन भएकोमा चिन्ता प्रकट गरेको छ । संघले प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनहरुले बनाएका सिद्धान्तहरुको प्रतिकूल उक्त उडानमा भएको गतिविधि नागरिक उड्डयन सुरक्षा नियमावलीविरुद्ध भएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com