काठमाडौं :
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता दिलेन्द्र बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
हाल कानुनमन्त्री रहेका दिलेन्द्र बडूको गोविन्द प्रसाद शर्मा (कोइराला) लाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेपछि बडू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् ।
संविधान अनुसार, गोविन्द अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् । संविधानमा सभासद् नरहेको अवस्थामा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ। गैह्र सांसद मन्त्री नियुक्त भएको ६ महिनाभित्र संघीय संसदको सदस्यता नलिए मन्त्री पद स्वत: खारेज हुन्छ।

