सबैलाई पठाउनु होला

काठमाडौं  –   एएफसी फुटसल एसियन कप छनाेटमा नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ ।  खुस्नीद्धिन निसोनोले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै उज्वेकिस्तानलाई अग्रत दिलाएका थिए । उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले २ गोल गर्दै नेपाललाई निराश बनाए  ।

खेलको ५ औं मिनेटमा रोपिभ इख्तियोरले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको ११ औं मिनेटमा उज्वेकिस्तानका उस्मोनोभ अक्बरले गोल गर्दै पहिलो हाफमा नै खेल उज्वेकिस्तानको पकडमा लगे । नेपालका लागि खेलको २८ औं मिनेटमा मणी कुमार लामाले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका छन्  । तर ३२ औं मिनेटमा रोपिभ इख्तियोरले व्यक्तिगत दोश्रो गोल गर्दै उज्वेकिस्तानको जित पक्का गरेका छन् ।

दोस्रो हाफको अन्तिम मिनेटमा उज्वेकिस्तानका गोलरक्षक रभ्सन इलिबेभले गोल गर्दै उज्वेकिस्तानलाई ५–१ को जित दिलाएका हुन् । खेलको २९ औं मिनेटमा खेम सुमित श्रेष्ठलाई फाउल गर्दा नेपालले फ्रि किक पाएको थियो । फ्रि किकमार्फत पाएको अवसरलाई पासका माध्यमद्वारा सरोज तामाङले हानेको बल पोष्टको बारमा लाग्दै बाहिरियो । यसअघि एएफसी फुटसल छनोटमा नेपाल सन् २०१७ मा र २०१९ मा उज्वेकिस्तानसँग क्रमश : १४–१ र ४–१ ले पराजित भएको थियो । २०१९ मा मणि कुमार लामाले गोल गरेको र यस पटक पनि उनै मणिले गोल गरे ।

उनी एपीएफबाट फुटबल खेल्छन् । खेलमा पराजित भए पछि नेपालका प्रशिक्षक गौरव बस्नेतले नेपालले राम्रो प्रदर्शन गरे पनि गोल गर्न नसक्दा पराजित हुनु परेको बताएका छन्  । ‘दोस्रो हाफमा हामीले धेरै मौका पायौं । तर उपयोग हुन सकेन केही बारमा लागेर फर्किए । आजको खेलमा हामीले बलियो प्रतिस्पर्धा दिएका हौं तर उज्वेकिस्तान भाग्यशाली सावित भयो’, नेपालका प्रशिक्षक गौरव बस्नेतले भनेको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com