बेइजिङ – चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो केही दिन यता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितको संख्या सोमबार मात्र ३ हजारभन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका हुन ।
सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन्। तीमध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ। चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्ये ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ।
यहाँ पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण बढेको छ। त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको हो । सो कमिसनका सांदोन, जिलिन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन्। चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गर्न थालेका छन् ।

