सबैलाई पठाउनु होला

धनगढी –   अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुवै टोली बुधबार भिड्ने भएका  छन्  ।  मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टीम नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफ क्लब भिड्ने भएका  हुन ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबर्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरू र सेमिफाइनल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५-१२ ले हराउँदै उपाधि नजिक पुगेको थियो  ।

दोस्रो सेमिफाइनल खेलमा एपिएफ क्लबले सुदूरपश्चिमलाई ३७-३२ ले हरायो । देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाइनल पुगेका दुई टोली नगद ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र  समेत पाउनेछन् । प्रतियोगिताको बुधबार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले समापन  कार्यक्रम  गर्ने  भएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com