सबैलाई पठाउनु होला

जोमसोम –   जोमसोम-मुस्ताङको घरपझोङ गाउँपालिका—३ स्याङ स्थित कालिगण्डकी नदी किनारामा शनिबार एक युवा मृत अबस्थामा  भेटिएको छ। प्यूठान जिल्ला सिरुमारानी गाउँपालिका वडा नं.२ बस्ने ४० वर्षीय राजकुमार गाहाको शव मृत भेटिएको  छ ।

उनी ज्याला मजदुरीको काम गर्ने शिलशिलामा मुस्ताङमा आएका थिए। कालिगण्डकी नदी किनारामा बेवारिसे शव मृत अवस्थामा रहेको भन्ने सूचना पाउने बिक्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक रामकुमार दानीको कमाण्डमा ९ जना प्रहरी टोली घटना स्थलमा पुगेको थियो।

प्रहरी टोलीले मृत भेटिएका युवाको शव नदी किनाराबाट बाहिर निकाली घटनाको मुचुल्का गरी प्रारम्भिक अनुसन्धान कार्य अघि बढाएको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिएको छ । मृत भेटिएका युवाको घरपरिवारलाई समेत प्रहरीले जानकारी गराए । युवाको शव अहिले जिल्ला अस्पतालको जोमसोमको शव गृहमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com