सबैलाई पठाउनु होला

पाँच दलीय गठबन्धनको चुनाबी सभा चितवनको भरतपुरमा सम्पन्न भएको छ । त्यहाँ उपस्थित पाँच दलका शीर्ष नेताहरुले नेकपा माओवादी केन्द्रको तर्फबाट भरतपुरको मेयरमा उम्मेदवारी दिनु भएकी पूर्व मेयर रेणु दाहाललाई अत्यधिक मतले बिजयी गराउने बक्ताब्यहरु दिए । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डले पनि आफ्नो बक्तब्य दिएका थिए ।

यसै क्रममा प्रचण्डले पाँच दलीय गठबन्धनको चाहना अनुरुप भोट आएन भने प्रतिगामी कदम चाल्ने केपी ओलीको बिजयी हुनेछ र त्यसले समग्र मुलुकको भाबि अबस्थामा असर पर्छ भन्ने बिचार राखेर आफ्नो बक्तब्य दिएका थिए ।

प्रचन्डले चितवनमा दिएको अभिब्यक्ती कुनै पनि हालतमा गलत होइन र छैन । केपि ओलिको असंबैधानिक र प्रतिगामी कदमबिरुद्द एकजुट भै चुनाबी गठबन्धनसम्म आएका दलहरुले एकले अर्कोको चुनाब चिन्हमा मत हाल्न  अफ्ठेरो मानेर नहाल्ने हो र त्यही प्रतिगामीहरुको जितलाई सहज बनाउने भुमिका खेल्ने हो भने फेरि पनि तिनै प्रतिगमनकारी एमाले र राजाबादी तत्वहरु मिलेर देशको शिर्ष तहमा पुग्छन र जनताको त्याग तपस्या र बलिदानीले ल्याएको गणतन्त्र र संबिधान नै कोल्याप्स गर्छन । किनकी उनिहरुलाई न यो संविधान मन परेको छ न यो ब्यबस्था नै । संविधान कोल्याप्स हुनु भनेको देश नै अस्तब्यस्त हुनु हो । त्यसपछी आउने परिणामले एउटा ब्यक्तिलाई भन्दा सिङ्गो मुलुकलाई गम्भीर संकटतर्फ धकेन्छ, जुन कुरा नचाहेर नि स्विकार गर्नै पर्ने बाध्यता उत्पन्न हुन्छ । अनि बाध्य भएर जनताले फेरी अर्को द्वन्द्व गर्नु पर्ने अबस्था आउँछ । त्यसबखत हामीले अहिले सम्म नभोगेको संकट भोग्नु पर्ने अबस्था आउन सक्छ ।

त्यसकारण जनताले एमाले र राजावादी जस्ता प्रतिगमनकारीलाई फाइदा पुग्ने गरि टुक्रा टुक्रा हुनुभन्दा गठबन्धनलाई फाइदा पुग्ने गरि एकजुट हुनुपर्ने बेला आएको छ भन्ने गठबन्धनलाई समर्थन गर्ने मानिसहरुको चाहना रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com