सबैलाई पठाउनु होला

चितवन – नेकपा माओवादी केन्द्रकी नेता एवं भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार रेनु दाहालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई धम्की नदिएको प्रष्टीकरण दिएकी छन् ।

आइतबार घरदैलोका क्रममा प्रचण्डको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘उहाँले त्यसरी भन्न खोज्नु भएको होइन । त्यसलाई गतल अर्थ लगाइयो । त्यसलाई विपक्षीहरुद्वारा अलि अपव्याख्या गरियो । उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो ।

२२ वैशाखमा चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त आमसभामा प्रचण्डले रेनु दाहालको टिमलाई नजिताए देश गम्भीर दुर्घटनामा पर्ने अभिव्यक्ति दिएका थिए । कतिपयले मतदातालाई धम्की दिएको भन्दै यसको आलोचना गरिरहेका छन् ।

अहिलेको सत्ता गठबन्धन संविधान जोगाउने मर्मका साथ बनेको भन्दै त्यसमा दायाँबायाँ भए देश दुर्घटनामा जाने भनेर सचेत मात्रै गराएको रेनुको भनाइ छ ।

देश दुर्घटनामा जान खोज्दै थियो, केपी ओलीको ज्यादती र पटकपटककको प्रतिगमन अनि हामीले यत्रो लडेर ल्याएको संविधान रक्षा गर्नुपर्ने दायित्व थियो,’ उनको भनाइ छ, ‘यही मर्म अनुसार यो गठबन्धन भएको छ ।

दायाँबायाँ भयो भने देश दुर्घटनामा जान्छ है भनेर उहाँले सचेत गराउनुभएको मात्रै हो । यो उहाँको एकदम सकरात्मक र राष्ट्रप्रेमपूर्ण भावनालाई विपक्षीले अपव्याख्या गरेको कुरा मात्रै हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com