सबैलाई पठाउनु होला

बैतडी –   बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई  नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताएको छ ।

घटनाको बारेमा जानकारी लिन रानालाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

डिलासैनी गाउँपालिका-५ बिनाबस्तीका वासिन्दा जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले जानकारी दिएको छ  । डिलासैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन  रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com