सबैलाई पठाउनु होला

रोल्पा –    नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले नेत्रविक्रम चन्द (विप्लव)लाई माओवादी केन्द्रमा फर्किन आग्रह गरे  ।

राजनीतिक उपलब्धिलाई निर्वाचनमार्फत् संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावी प्रतिस्पर्धामै फर्किएकोमा खुसी व्यक्त गर्दै पुनले आफ्नो पुरानो घर माओवादी केन्द्रमा फर्किन आग्रह गरेका छन्  ।

‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनु भएको थियो । अहिले सहीबाटोमा फर्कनु भएको छ’, गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मूलधारमा, मूल बाटोमा स्वागत रहेको  छ ।’

कतै कांग्रेस, कतै एमाले र कतै अरु दलको चुनाव चिह्न लिएर विप्लवले स्थानीय निर्वाचनमा भाग लिएको भन्दै पुनले त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा समाहित हुनु प्राकृतिक र हितकर हुने बताएका हुन  ।

उनले भने, ‘अरुका पछाडि लाग्नुभन्दा प्रचण्ड नेतृत्वको मूलधारमा आउनुहोस्, यसमा नलजाए  पनि  हुन्छ ।’  रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले कांग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेर स्थानीय तह निर्वाचनमा होमिएका छन्  ।

माओवादी केन्द्रमा फर्किए विप्लवसहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरु तयार रहेको पुनले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com