सबैलाई पठाउनु होला

नेकपा माओवादी केन्द्रका केन्द्रीय बरिष्ट नेता नारयण काजी श्रेष्ठ दैनिक जसो गोरखाका विभिन्न गाउँपालिका र नगरपालिकाहरुमा जन्तासंग घरदैलो कार्यक्रम गर्दै नेकपा माओवादी केन्द्रलाई बिजय गराउन खटिएका छन् । जनतालाई माओवादीको औचित्य र महत्व दर्शाउंदै “ब्यबस्था बदल्यौ, देशको अबस्था बदल्न पनि माओवादिलाई नै भोट दिनु पर्छ” भन्दै जनतालाई सचेतना दिनका लागि गाउँ टोलहरु चहारिरहेका छन् ।

यसरी हेर्दा लाग्छ, पुरै गोरखा माओवादीमय भएको छ । प्रत्येक गाउँपालिका र नगरपालिकाका वडाहरुमा माओवादीका केन्द्रिय तथा प्रदेश स्तरका नेताहरु घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । सारा गोरखाबासीहरुको दुख, पिंडालाई बुझ्दै, जनताको न्युनतम समस्या समाधान र बिकासका लागि पनि माओवादीलाई नै भोट दिंदा उपयुक्त हुन्छ भन्दै घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु सक्रिय रहेका छन् ।

यसै क्रममा गोरखा सिरानचोक गाउॅंपालिकाको अध्यक्ष पदका उम्मेदवार कमरेड नवराज पुडासैनीको नेतृत्वको टिमलाई विजय गराउने अभियान स्वरुप वडा नं ३, ४ र ६ को हर्मि, चोरकाटे, नयाँ साघु, चिलाउनेगाउॅं लगायतका ठाउॅंहरूमा मतदाता भेटगाट, कोणसभा, घरदैलो लगायतका चुनावि कार्यक्रम सम्पन्न भैसकेको छ ।

आफ्नो भन्दा धेरै आफ्ना जनताको बारेमा सोच्ने, निष्कलङ्क छवि भएका, स्पस्ट भिजन भएका, जनताका एक असल नेता जनयुद्धमा चार वर्ष जेल जिबन बिताउनु भएको तथा जनयुद्धमा आफ्नै घरको दिदी र बहिनी शहीद हुनुभएको, बारपाक सुलिकोट गाउँपालीकालाई गोरखा जिल्लाको उत्कृष्ट गाउँपालीका समेत बनाउन सफल कमरेड  बिष्णु भट्टलाई पुनः गाउँपालिका अध्यक्षमा र कमरेड  सनमाय गुरुङलाई  उपाध्यक्ष पदमा बिजयी गराई बारपाक सुलिकोट गाँउपालिकाको बिकासको आधार निर्माण गर्न अझैं यस पटक म काग्रेस, म एमाले, म राप्रपा, म माओवादी, म जसपा नभनी सबैले गोलाकार भित्रको हँसिया हथौडामा भोट हाली अत्याधिक मतले बिजयी गराऔँ भनी सम्पूर्ण बारपाक सुलिकोट गाउँपालिकाका बासिन्दाहरु नै लागिरहेको दृश्यहरु देख्न सकिन्छ ।

त्यसै गरी नेकपा माओवादी केन्द्रको आधार ईलाक जनयुद्धको उद्गमस्थल बहाकोट ताकुकोट बारपाक सुलिकोट गाउँपालीकाको अध्यक्ष उम्मेदवार बिष्णु भट्ट र उपाध्यक्ष उम्मेदवार सनमाया गुरुङ लाई अत्यधिक मतले बिजयी गराउन विभिन्न वडाहरुमा घरदैलो अन्तरक्रिया गरिरहने क्रममा वडा नं ६ वडाअध्यक्ष उम्मेदवार बाबुलाल गुरूङ वडासदस्य उम्मेदवारहरु सावित्री श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, पुर्णमान बराम धनमाया बिक, वाईसीएल नेपालका केन्द्रीय सदस्य धिरज उपरकोटी र गाउँपालीका पार्टी सहसचिव जित बहादुर नेपाली सहितको उपस्थितमा बहाकोटको जन्तासंग अन्तर्क्रिया चुनावी भेटघाट तथा घरदैलो कार्यक्रम पनि सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रले गोरखामा गरेका यस्ता चुनाबी कार्यक्रमहरु उदाहरण मात्र हुन् । समग्रमा अहिले गोरखा पुरै माओवादीमय भएको देखिन्छ । यसरी माहोल हेर्दा सारा गोर्खा नै माओवादीको पोल्टामा आउने हो कि जस्तो देखिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com