सबैलाई पठाउनु होला

बुटवल –     भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ ।जहाज बिहान साढे ८ः२८ बजे भैरहवामा अवतरण गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान आएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ दिल्लीबाट काठमाडौं हुँदै  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ  ।

जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो ।

नयाँ विमानस्थल भएका कारण जहाज सिधै भैरहवा अवतरण नगरी काठमाडौं आएर गरेको हुन सक्ने बताए  । यो विमानस्थल जेठ २ गते नै औपचारिक उद्‌घाटन हुँदैछ ।

यो नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो अन्तर्राष्ट्रिय विमान भएको प्रवक्ता शाहले बताएको छ  । भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता जाने प्रवक्ता शाहले बताएको छ  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com