गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा माओबादी केन्द्रमा जनलहर भए संगै फेरी पनि आफुले भारी मतान्तरले चुनाव जित्ने निवर्तमान अध्यक्ष एबं अध्यक्षका उमेद्वार बिष्णु भट्टले दावी गरेका छन् । उनले स्थानीय क्षेत्रको विकास, समृद्धि, स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन, पर्यटनको क्षेत्रमा उल्लेख्य विकास, कृषिमा उलेखिनिय प्रगति र जनयुद्धका स्मृतिहरुको संरक्षण र अभिलेखिकरण, सहिद, बेपत्ता लगायतको सम्मान र जनताको जीवनमा अनुभूत हुने गरी परिवर्तन गराउने लक्ष्य साथ पहिलो कार्यकालमा काम गरेको भन्दै बाकि रहेका अधुरा काम पुरा गर्न आफुले उमेद्वारी दिएको बताए ।
बारपाक सुलिकोट गाउँपालीकामा भट्टलाइ जनयुद्धका कुसल कमाण्डर शहीद परिवारको जिउदो सहीद भनेर पनि चिनिन्छ । २०७४ सालमा भारी बहुमतले बिजय भएका उनले बारपाक सुलिकोट गाउँपालीकालाई गोरखा जिल्लाको उत्कृष्ट गाउँपालीका बनाउन सफल भएका थिए । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहँदै राजनीतिक यात्रा सुरु गर्नुभएका उनले जनयुद्धमा आफ्नो परिवारका सदस्य समेत गुमाउन पुगे । उनले पहिलो कार्यकालको पाँच वर्षभित्रमा लोभलाग्दो गाउँपालीका भबन निर्माण गरेका छन् भने १५ शैयाको हस्पिटल र जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेल स्मृति पार्क निर्माण गरेका छन् । अब ५ वर्षमा बाकिरहेका सम्पूर्ण विकास निर्माणका कामहरु पूरा प्रतिबद्धता गरेका छन्

