सबैलाई पठाउनु होला

कपिलवस्तु – नेपाली काँग्रेसले कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ ।

काँग्रेसले उपप्रमुख पदकी उम्मेदवार शुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो ।

हृदयघातबाट शुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो ।

आयोगले ३ जेठमा निर्वाचन हुने गरी नयाँ निर्वाचन कार्यक्रम जारी गरेको छ । आयोगको नयाँ निर्वाचन कार्यतालिका अनुसार काँग्रेसले रितालाई उपमेयरको उम्मेदवार दर्ता गराएको हो ।

महाराजगन्ज नगरपालिका–२ गैडहवाकी २८ वर्षीय रिताले सासूको सपना पूरा गर्न उम्मेदवारी दिएको प्रतिक्रिया दिइन् ।

आयोगले ३ जेठमा निर्वाचन गर्ने गरी नयाँ निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिएको महाराजगन्ज नगरपालिकाका निर्वाचन अधिकृत कुबेर पाण्डेले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com