सबैलाई पठाउनु होला

काठमाडौं –    शुक्रबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाए । आयोगका अनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा मतदान हुनेछ ।

स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिए । नेपालमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन्।

स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का अनुसार मतदान सम्बन्धी कार्यमा बाधा पुर्‍याउनेलाई गिरफ्तार गर्न सकिने छ। निर्देशिकामा मतदान अधिकृतले मतदान कार्यमा अवरोध पुर्‍याउने व्यक्तिलाई बाहिर जान आदेश दिन सक्ने व्यवस्था रहेको छ।

आदेश नमान्ने व्यक्तिलाई गिरफ्तार गर्न मतदान अधिकृतले सम्बन्धित सुरक्षाकर्मीलाई आदेश दिनु पर्ने उल्लेख गरेको  छ।

मतदान सम्बन्धी कार्यमा बाधा पुर्‍याउनेलाई गिरफ्तार गर्न सकिने :

(१)मतदान अधिकृतले मतदान कार्यमा बाधा पुर्‍याउने वा पुर्‍याउन उद्योग गर्ने वा मद्दत गर्ने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने जुनसुकै व्यक्तिलाई त्यस्तो काम नगर्न र सोस्थानबाट बाहिर जान आदेश दिन सक्नेछ।

(२) निर्वाचन (कसुर र सजाय) ऐन, २०७३ बमोजिम कसूर मानिने कार्य गर्ने व्यक्तिलाई दवा उपदफा (१) बमोजिमको आदेश नमान्ने व्यक्तिलाई गिरफ्तार गर्न मतदान अधिकृतले सम्बन्धित सुरक्षाकर्मीलाई आदेश दिनु पर्नेछ।

(३) उपदफा (२) बमोजिम मतदान अधिकृतले दिएको आदेश सम्बन्धित सुरक्षाकर्मीले पालना गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम दिएको आदेश सुरक्षाकर्मीले पालना नगरेमा मतदान अधिकृतले निर्वाचन अधिकृतलाई छिटो माध्यमबाट जानकारी गराउनेछ र निर्वाचन अधिकृतले त्यस्तो सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्न तत्काल आयोगमा लेखी पठाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com