सबैलाई पठाउनु होला

विराटनगर –    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मतगणनामा राप्रपा उम्मेदवारले अग्रता लिए  ।

दमकमा एमालेबाट मेयरको उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै राप्रपा उम्मेदवार राम थापाले अग्रता लिए  ।

उनलाई सत्तारुढ गठबन्धनको समर्थनरहेको छ । थापाको मत १९६८ मत पाएका छन् । अधिकारीले १९४० मत पाएकी छन् ।

उपमेयरमा काङ्ग्रेसकी रेगिना भट्टराईले १९३१ मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले १७५६ मत पाएकी छन् ।

दमकको ४५४१ मत गणना भएको छ । नगरमा ३९ हजार ९४९ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com