बुटवल – बुटवल उपमहानगरपालिका-२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् ।
शाक्यले नेकपा एमालेका रमेश नेपाललाई ३४ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । शाक्यले ९०९ मत पाएका छन् भने नेपालले ८७५ मत ल्याएको छ ।
नेपाल यसअघि दुईपटक वडाध्यक्ष भइसकेका छन् । बुटवलमा मेयर र उपमेयरमा पाँच दलीय गठबन्धन भए पनि वडा तहमा एक्लाएक्लै चुनाव लडेका छन् ।
यसअघि बुटवलको वडा नम्बर १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भइसकेका छन् । १९ वटा वडा रहेको बुटवलमा अहिले वडा नम्बर १९ को मतगणना जारी रहेको छ ।

