सबैलाई पठाउनु होला

गोरखा, १ जेठ – गोरखा जिल्लाको स्थानीय चुनाब अन्तर्गत विभिन्न पालिकाको मतगणना जारी छ । गोरखा स्थित हाम्रा सम्बाददाताले दिएको पछिल्लो सुचना अनुसार बारपाक सुलिकोटको वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका युवा नेता पूर्ण बहादुर गुरुङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका बिकाश गुरुङलाई ६७ मतको अन्तरले पराजित गरि बिजयी भएका छन्।

बिजयी गुरुङले जम्मा खसेको मतको ५७५ मत हासिल गर्नुभएको छ, भने प्रतिद्वन्दी नेपाली कांग्रेसका बिकाश गुरुङले ५०८ मत प्राप्त गर्नु भएकोछ ।

गोरखाको विभिन्न पालिकाहरुमा पनि नेकपा माओवादी केन्द्रको अग्रता कायमै रहेकाले अधिकांश पालिकाहरुमा माओवादीको बर्चस्व देखिने संकेत मिलेको छ ।

युवा नेता बिकास प्रेमी समाजसेवि सम्पुर्ण बारपाकी जनताको मन मुटुमा बस्न सफल क. पुर्ण बहादुर गुरुङ (पर्ती कान्छा ) नेकपा माओवादी केन्द्रको संगठन बिस्तार र बिकाश कार्यमा सक्रिय रही बारपाकको सामाजिक बिकाशमा सरिक भैरहनु हुन्छ । यसै कारण पनि गुरुङ्गलाई जिताउन कतिपय युवाहरु लागि परेका थिए । सबै युवाहरुसंग मिलनसार, दुखमा परेका जनताको पीरमर्कालाई आफ्नो मर्का सम्झिने स्वभावका गुरुङ बारपाक, वडा नम्बर २ का जनता वीच लोकप्रिय हुँदै गएका कारण बारपाकमा बिजय हासिल गर्न सफल हुनुभएको हो ।

बारपाक सुलिकोट गाउँपालिकामा हाल सम्मको मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र अग्रपंतिमा रहेकाले माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका क. बिष्णु प्रसाद भट्टले नै गाउँपालिकाको अध्यक्षमा विजय हासिल गर्ने प्रबल सम्भावना रहेको छ भने, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सन माया गुरुङले नै जित हासिल गर्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com