सबैलाई पठाउनु होला

काठमाडौं –     शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिए  ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न भनेको हो  ।

‘सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन अनुरोध छ,’ भक्तपुर नगरपालिकाको सूचनामा भनिएको छ ।

शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना कार्यक्रम जारी रहेको र नगरपालिकामा जनप्रतिनिधि नभएकाले बिदा दिने निर्णय नगरिएको बताएको छ  ।

उनले भने, ‘अहिले इलेक्टेड बडी नभएकाले बिदा लागू गराउने निर्णय गर्न सम्भव भएन । अब इलेक्टेड जनप्रतिनिधि आउने बित्तिकै निर्णय हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com