सबैलाई पठाउनु होला

रोल्पा –    निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६  मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्  ।

रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी    भएको छ । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०६मत आएको छ ।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् ।

बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२मत ल्याई विजयी भएकी छिन् ।

उनको निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत पाएका थिए ।

थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका हुन । सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ ।

वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं. २ मा अभिलाशा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवर्द्धन घर्तीमगरले विजय हासिल गरे  । वडा नं. ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गरेका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com