गोरखा, १ जेठ – अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकाेटा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गाेविन्द्र गुरूङलाई २७१ मतान्तरले पराजित गर्दै देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।
देवकाेटा २०७४ काे स्थानीय तह निर्वाचनमा कांग्रेसका फणिन्द्र प्रसाद धितालसंग पराजित भएका थिए।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी उम्मेदवार अनिता भूजेल निर्वाचित भएकी छिन् । उनले कांग्रेसका उम्मेदवार इन्द्रा गुरूङलाई १७१ मतान्तरले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनी पनि २०७४ काे निर्वाचनमा कांग्रेसकी चन्द्रमाया गुरूङसंग पराजित भएकी हुन् ।

