सबैलाई पठाउनु होला

ओखलढुङ्गा –  ओखलढुङ्गा   जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् ।

नेपाली कांग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार रुम्दालीले पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुपलाल तामाङलाई १२०६ मतान्तरले पछि पार्दै रुम्दाली निर्वाचित भएका छन्  ।

तामाङले तीन हजार आठ सय १५ मत प्राप्त गरे  । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

राईले चार हजार सात सय ५० मत ल्याउदा रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार चम्पा राईले ६०४ मत प्राप्त गरेकी छिन् ।

मानेभञ्ज्याङ्गमा नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीसँग गठबन्धन गरेको थियो भने नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो ।

नौ वडा रहेको मानेभञ्ज्याङ गाउँपालिकामा सात वटा वडामा नेपाली कांग्रेसले जितेको छ । दुई वटामा नेकपा एमालेले वडा अध्यक्ष जितेको छ ।

वडा नं ३ जितेन्द्र राई र वडा नं ९ मा पूर्णबहादुर मगरले नेकपा एमालेबाट भएको निर्वाचन अधिकृतको कार्यालय मानेभञ्ज्याङ्गले जानकारी दिएको  छ ।

नेपाली काँग्रेसतर्फ वडा नम्बर १ मा राजकुमार रुम्दाली, २ मा राममणि राई, ४ मा विष्णु तामाङ ५ मा रामकुमार राई, ६ मा हेमराज राई, ७ मा विष्णुप्रसाद गौतम र वडा ८ मा भिमबहादुर बलाम्पाकी मगर निर्वाचित भएका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com