चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरे ।
सोमबार विहानको मत परिणाम अनुसार सुवेदीले तीन हजार ६३३ मत पाएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ६२९ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले दुई हजार ८६१ मत पाएकि छन् ।

