सबैलाई पठाउनु होला

काठमाडौं –    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेको बताए  ।

मंगलबार पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै गठबन्धनका घटकबाट पनि राम्रो सहकार्य नपाएको टिप्पणी गरेको छ  ।

‘अहिलेसम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्ने जति छैन । कतिपय ठाउँमा राम्रै अवस्था पनि छ,’ उनको भनाइ छ, ‘अझै पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं । हामीसँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहेनन् ।’

नेपालले निर्वाचन र गठबन्धनबीच सहकार्यको गम्भीर समीक्षा आफूहरुले गर्ने समेत बताए  । ‘हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्ने छौं,’ उनको भनाइ छ, ‘हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्नेछौं । समीक्षा गरेर हामीले कहाँ राम्रो गर्यौं, कहाँ त्रुटि गर्यौं त्यसको समीक्षा गर्ने छौं ।’

परिणाम जेसुकै आए पनि पार्टीलाई जनताको बीचमा बलियो बनाउनुपर्ने उनको भनाइ रहेको  छ ।

उनले भने, ‘तर, जे सुकै भए पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनुपर्ने छ ।  यो पार्टीलाई जनताको बीचमा क्रियाशील बनाउनुपर्ने छ । जनताको प्यारो पार्टीका रुपमा अगाडि बढाउनुपर्ने छ’  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com