सबैलाई पठाउनु होला

पोखरा –     कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगे  ।

२० हजार ६६० मत गणना हुँदा आचार्य १ हजार २८५ मतान्तरले अगाडि रहेका  छन् । आचार्यले ८ हजार ५६३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार २७८ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेस)ले ५२६ मत पाएका छन् । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ८ हजार ८७६ मतसहित अग्रता कायमै राखेकी छन् ।

एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८ हजार २७१ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com