काठमाडौं – काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ ।
आज बिहानको ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका छन् ।
उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।
स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् । अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी रहेको छ ।

