मुगु – नेपाली कांग्रेस मुगुका सभापति चढेको जीप सोरु गाउँपालिका वडा नम्बर ६ बन्जामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाही र अन्य २ जना घाइते भएका हुन ।
सदरमुकाम गमगढी बजारदेखि सोरुकोटतर्फ जाँदै गरेको लु १ प १७७२ नम्बरको जीप बुधबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत जानकारी दिएका छन् ।
जीपमा शाहीलगायत १५ जना सवार रहेका थिए। घाइते हुनेमा कांग्रेसका पूर्वगाउँकार्य समितिका सदस्य नरजित शाही र सोरुपालिका गाउँकार्य समितिका सभापति कुबेर जंग शाही हुन्।
अन्यलाई भने सामान्य चोट लागेको प्रहरीले जानकारी दिएका छन्। सामान्य घाइतेहरुको सोरुकोटमा उपचार भइरहेको छ ।
सभापति र अन्य गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महतले बताएको छ ।

