काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन्।
वडा २८ को प्रारम्भिक चरणको मतगणनामा उनले अग्रता लिएका हुन्। पछिल्लो मत परिणामअनुसार २०० मत गन्दा स्थापितले ६० मत पाए ।
दोस्रोमा बालेन्द्र साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाएकी छन्।
कूल ४५ हजार ४३ मत गन्दा बालेन्द्र १७५५८ मतका साथ अग्रस्थानमा कायम रहेका छन्।
दोस्रोमा स्थापितले ९०५६ मत ल्याएका छन् भने तेस्रोमा सिर्जना सिंहले ८१२८ मत ल्याएका हुन ।

