काभ्रे – जिल्लाको चौरी देउराली गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा दुवैजना निर्वाचित भए ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन् ।
उनले ६२२८ मत पाएर निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्दवी एमालेका जितराम लामाले ५४६३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर लामा निर्वाचित भएका छन् ।
लामा ७२१९ मत पाएर निर्वाचित भएको हो । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी बविता खरेल गौतमले ३५४९ मत प्राप्त गरेकी थिइन ।
चौरीदेउराली गाउँपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका सुशिल लामा, २ मा एमालेका छत्रबहादुर प्रधान, ३ मा माओवादीका चित्र चौलागाई, ४ मा माओवादीका, रामप्रसाद चौलागाईं, ५ मा माओवादीका कृष्ण प्रसाद गौतम,
६ मा कांग्रेसका किशोर राज गिरि, ७ मा काङ्ग्रेसकै चन्द्र राज लामा, ८ मा माओवादीका धनबहादुर तामाङ र ९ मा माओवादीका रामबहादुर लामा वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

