धनगढी – धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। शुक्रबार बिहान ७ बजेसम्म ४२ हजार २३० मत गणना हुँदा हमालले १९ हजार १४७ मत प्राप्त गरे ।
निकटम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर ओडले ९ हजार ५५७ मत प्राप्त गरे । हमाल ओडभन्दा ९ हजार ५९० मतले अगाडि छन्। उनले सत्तारुढ गठबन्धनलाई टक्कर दिएका हुन ।
यता एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत प्राप्त गरेका छन्।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले ८ हजार ८१५ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन्।
एमालेकी कन्दकला रानाले ८ हजार १४१ मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकी छन्।

