सबैलाई पठाउनु होला

बारा –   बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरे ।

वडा नं. १० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाए  । चुनाव जितेर विजयी र्‍यालीमा वडा नं. १० मा पुगेका तीनै जनालाई महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डु दिइएको थियो । त्यो लड्डु पछि उपस्थित समर्थकलाई बाँडिएको थियो  ।

लड्डु दिने ठकुराईले आफू कुनै पनि दलमा नरहेको भन्दै यी जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताएका छन्  ।

स्वागतपछि मेयर साहले नागरिकको यसप्रकारको विश्वासलाई आफूहरुले कहिल्यै टुट्न नदिने बताए  ।

मेयर साहले कलैया उपमहानगरपालिकालाई देशमै नमूना उपमहानगर बनाउने हिसावले आफूले ५ वर्षदेखि गोप्य गृहकार्य गरिरहेको बताउँदै अब त्यसको कार्यान्वयन गर्ने बताएको छ  ।

कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याएको छ  ।

उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरि बिजयी भएकी छन्  । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाएका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com