सबैलाई पठाउनु होला

जुम्ला –   जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले अवरुद्ध टेलिफोन सेवा सञ्चालन गराएर आफ्नो कार्यकाल सुरु गरे  ।

सिँजाको नराकोटमा रहेको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको अवस्थामा अध्यक्षको पहलमा टेलिफोन सेवा सञ्चालनमा आएको छ ।

अहिले सिंजा क्षेत्रमा फोनले राम्रो काम गरेको स्थानीयवासी डिल्लीप्रसाद तिवारीले बताएको हो  ।

अध्यक्ष धिताल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ लिएसँगै नेपाल टेलिकम जुम्लाको कार्यालय छिरेका थिए ।

नेपाल टेलिकमले विद्युत पावर कम भएको पत्ता लगाएपछि आवश्यक सोलार व्याट्री व्यवस्थापन गरेको थियो । २०० भोल्टका ४८ वटा व्याट्री र प्राविधिक लिएर शनिबार नै अध्यक्ष धिताल सिँजा पुगेका हुन  ।

नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीका अनुसार समस्या आइरहेको टेलिफोन सेवा पूर्णरुपमा सुधि्रएको छ ।

यसअघि सिँजा गाउँपालिकामा बिहान साँझको समय र घाम नलागेको दिन फोन सेवा अवरुद्ध हुने समस्या रहेको  थियो ।

जसका कारण निर्वाचन तथा मतगणनको समयमासमेत सूचना प्रवाह तथा डाटा राख्न समस्या भएको थियो ।

संचार मन्त्रालय र नेपाल टेलिकमको केन्द्रीय कार्यालयसँग समन्वय गरी नयाँ ब्याट्री एकै दिनमा थप गरिएको छ । जुम्लामा रहेको टेलिकमको कार्यालयमा पुगेर १५६० किलो वजनका नयाँ ब्याट्री ल्याए  ।

नेपाल टेलिकमका प्रमुख रामचन्द्र श्रेष्ठले अध्यक्षले पहल गरेपछि प्राविधिकहरुसहितको टोली गाउँपालिकामा पठाएको जानकारी दिएको छ  । सिँजा गाउँपालिकाको वडा नं ४ को भुलीटावरमा नयाँ ब्याट्री जडान गर्ने काम पनि सुरु भएको छ।

ब्याकपकको कमीले फाने सेवा अरुद्ध हुने गरेको थियो । सिँजा गाउँपालिकामा रहेको उक्त टावरले हिमा गाउँपालिकाको केही क्षेत्रमा समेत टेलिफोन सेवा दिइरहेको छ ।

अध्यक्ष धितालले समस्याको दीर्घकालीन समाधानका लागि नेपाल टेलिकम जुम्ला सँग कुरा गरेको बताएका हुन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com