सबैलाई पठाउनु होला

काठमान्डौ, ०८ जेठ – काठमाण्डौको नयाँबसपार्क देखि दक्षिण तर्फको मित्रनगरमा मौलिक रोधी घरको स्थापना गरिएको छ ।

मुख्य रिंगरोड देखि मित्रनगर तिर म्हैपी तिर जाँदा म्हैपी पुल नपुग्दै बाँया तिरको मन्जुश्री मार्गमा उक्त मौलिक रोधी घर प्रा.लि.को स्थापना भएको हो ।

मौलिक दोहोरी गितसंगीतलाई उजागर, संरक्षण र सम्बर्धन गर्ने उद्देश्यका साथ खोलिएको उक्त मौलिक रोधी घर प्रा.लि.को बिशेषतामा नेपाली ठेट रितिरिवाज, कला संस्कृतिको मौलिकतामा पनि ध्यान दिइने कुरा यस रोधी घरका मुख्य संचालक जीत गुरुंगले बताउनु भएको छ ।

लोक संगीतलाई आफ्नो मुटु सम्झिने जीत गुरुङ, तिर्शाना घर्ति मगर, प्रबिन घले, पबित्रा घर्ति मगर लगाएत ५ जनाको समूह मिलेर उक्त मौलिक रोधी घरको स्थापना भएको हो ।

‘मौलिक रोधी घरको उद्घाटन आगामी मिति जेठ १० गते देखि जेठ २२ गते सम्म भब्य रुपमा सफल पार्नका लागि सम्पूर्ण मौलिक गीतसंगीतका पारखी साथी, दाजुभाई, दिदीबहिनी, बाबा-आमा सबैलाई प्रत्यक्ष निमन्त्रणा कार्ड पठाइएको भएपनि कतिपय निमन्त्रणा कार्ड हात नपरेका महानुभावहरुले पनि हामीले प्रचार गरेका सुचनाको आधारमा पनि उपस्थित भैदिनुहुन अनुरोध छ’, भनि मौलिक रोधी घरका संचालक प्रबिन घलेले बताउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com