सबैलाई पठाउनु होला

काठमाडौं –     सांसद डा.खीमलाल देवकोटाले स्थानीय तह निर्वाचन निर्दलीय बनाउन प्रस्ताव गरेका हुन  ।

सोमबार राष्ट्रिय सभामा बोल्दै सांसद देवकोटाले स्थानीय तहको चुनाव दलीय प्रवाहबाट मुक्त गराउन नीतिगत सुधार गर्नुपर्ने प्रस्ताव राखे  ।

‘राज्यका कुनैपनि कार्यकारी पदमा लगातार दुईपटक भन्दा बढी अवसर नपाउने व्यवस्था गरौं । यो संविधान वा कानुनमा कहाँ लेख्नुपर्ने हो लेखौं,’ देवकोटाले भने, ‘पटक पटक संसद भएका मन्त्री भएकाहरु मेयर र अध्यक्षमा ताक्न थाले ।

यो त अचम्मै भयो । हामीले शिक्षा लिऔं सुध्रिऔं । यदि सुध्रिएनौं भने हरेक पालिकामा बालेन साह, हर्कराज साम्पाङ र गोपाल बहादुर हमालहरुको उदय हुनेछ ।

उनले सिंगो राजनीतिक दललाई  नै गम्भीर हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com