सबैलाई पठाउनु होला

राजविराज –    नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउन सोमबार सप्तरीको रुपनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। नवनिर्वाचित पदाधिकारीले पदको शपथ ग्रहण खाएका छैनन्।

गाउँपालिका कार्यालयले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा गाउँपालिकाभर नै सार्वजनिक बिदा दिइएको जनाए ।

रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दकुमार चौधरीले सोमबार बिहान सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।  गाउँपालिकामा आज बिदा गरिएको सत्य हो, अध्यक्षले आदेश दिएपछि मान्नै पर्‍यो।

‘विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष यादवको आदेश अनुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयहरू बन्द गरिएको छ।’

आइतबार अपरान्ह सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार लोसपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र एउटा वडा अध्यक्षमा जीत हासिल गरेका छन् ।

निवर्तमान अध्यक्ष जसपाका हरेराम यादलाई पराजित गरी दिनेशकुमार यादव अध्यक्षमा र निवर्तमान उपाध्यक्ष जसपाकै बेचनीदेवी सरादारलाई पराजित गरी पुष्पाकुमारी श्रेष्ठ उपाध्यक्षमा विजयी भएका छन् ।

कुल ६ वडा रहेको गाउँपालिकामा लोसपाले एउटा वडा अध्यक्ष मात्र जितेको छ। बाँकी माओवादी केन्द्र र जसपाले २-२ तथा कांग्रेसले १ वडा अध्यक्षमा विजयी हासिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com