सबैलाई पठाउनु होला

धरान –   धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई ( हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हालेका छन्।

आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गरेका राईलाई कर्मचारीले स्वागत गरेका हुन । मेयर राइलाई उपमेयर अइन्द्रबिक्रम बेघा लगायतले स्वागत गरेको हो ।

कार्यभार सम्हाल्दै राइले आफ्नो पहिलो प्राथामिकता धरान नगरपालिकामा हुने भ्रष्टाचार नियन्त्रण र धरानको दीर्घकालिन समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

उनले चुनाव अगाडि गरेका सबै बाचा आफूले पूरा गर्ने बताएको छ । राईले धरानको विकास र समृद्धि सबै मिलेर मात्र सम्भव हुने भन्दै आफ्नो कार्यकालमा सहयोग गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com