सबैलाई पठाउनु होला

काठमाडौं –     भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्री विजय सिंगलालाई भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरे  ।

एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री सिंगलालाई हटाएको मुख्यमन्त्री भगवन्त मानले बताएका हुन ।

‘आम आदमी पार्टीको जन्म इमान्दार सिस्टम कायम राख्नलाई भएको हो,’ भगवन्तले भने, ‘अरबिन्द केजरीवालले आफ्ना हुन् वा पराय जो कोही भए पनि भ्रष्टाचारलाई कुनै पनि हालतमा माफ नगर्ने भन्दै आउनुभएको छ ।’

आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मुख्यमन्त्री भगवन्त मानको तारिफ गरेका छन् ।

‘तपाईंमाथि गर्व छ भगवन्त, तपाईंको यो फैसलाले मेरो आँखा रसायो, पूरा देशले आज आम आदमी पार्टीमाथि गर्व गरिरहेको छ,’ केजरीवालले ट्वीट गरे  ।

बर्खास्तमा परेका सिंगलालाई पञ्जाव प्रान्तको एन्टी करप्सन ब्राञ्चले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com