चितवन – भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेणु दाहालले बुधबार कार्यभार सम्हाले । कार्यभार सम्हाल्दै दाहालले आफ्नो पहिलो प्राथमिकता खानेपानी समस्या समाधान र छोरीको निशुल्क बिमा गर्ने प्रतिबद्धता जनाएकी छन्।
कार्यभार सम्हालेलगत्तै उनले महानगरका विकट बस्तीमा पनि दुई वर्षभित्र खानेपानी पुर्याउने प्रतिबद्धता जनाएकी छन् । दाहालले महानगरबासीलाई सात हजार लिटरसम्म खानेपानी निशुल्क दिने निर्णय गरेकी छन्।
यो सुविधा महानगरका ५२ प्रतिशतले लाभ लिने आँकलन समेत गरिएको छ। जसमा महानगरको खानेपानीमा वार्षिक २ करोड ५० लाख रकम खर्च हुने अनुमान लगाएको छ।
भरतपुर महानगरपालिकामा जन्मने छोरीलाई १ लाखसम्मको निशुल्क बिमा गर्ने उनले निर्णय गरेकी छन्। आजकै मितिबाट लागु हुने गरी पन्ध्र वर्षको बिमा गर्ने निर्णयले महिला र विपन्न समुदायलाई विशेष लाभ हुने अपेक्षा समेत गरेकी छन् ।
सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएर जन्मने छोरीमा मात्र बिमा कार्यक्रम लागु गरिने बताइएको छ। महानगरले बिमाका लागि वार्षिक ३ हजार ३ सय रुपैयाँ दिने छ। जसबाट झण्डै यो वर्ष झण्डै १ हजार ७५० ले सुविधा पाउने भएका छन् ।
उनले निर्वाचन अगाडि गरेका सबै बाचा आफूले पूरा गर्ने बताइन्। आफ्ना समर्थकहरुको साथमा महानगरपालिका प्रवेश गरेकी दाहाललाई कर्मचारीले स्वागत गरे । महानगरले बिमाका लागि वार्षिक ३ हजार ३ सय रुपैयाँ दिने छ। जसबाट झण्डै यो वर्ष झण्ड १ हजार ७५० लाई लाभ हुने आँकलन गरिएको छ ।

