ललितपुर – थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले थाइराइड भएका बिरामीहरुलाइ लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।
अल्का अस्पताललको प्राङगणमा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जानकारी दिएको छ।
निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाई गरिने परीक्षणहरु मध्ये टिएफटी नि:शुल्क गरिएको छ भने अन्य ल्याब परीक्षणहरुमा भारी छुट गरिएको अल्का अस्पताल प्रशासन प्रमुख भगवान केसीले जानकारी दिएका छन् ।
शिविरमा आएका बिरामीहरुले १ महिनासम्म फ्लोअप गरेमा पनि कुनै शुल्क नलिने उनले बताएका छन् । शिविर गर्नुअघि थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले जनचेतनामुलक र्याली निकालेको थियो।
अल्का अस्पतालबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुँदै पुन जावलाखेल आएर सकिएको थियो।
र्यालीको यस अस्पतालका अध्यक्ष कुमार थापा, अपाङता भएका ब्यक्ति रमेश नेपालीले रिवन काटेर उद्घाटन गरे ।

